दफा ३ बमोजिम स्थापना भएको काउन्सिलमा देहायका सदस्यहरू रहनेछन्ः–
(क) दर्तावाला चिकित्सकको रूपमा कम्तीमा बीस वर्षको अनुभव हासिल गरेको र चिकित्सा सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त चिकित्सकमध्ये नेपाल सरकारबाट मनोनीत – अध्यक्ष
(ख) दर्तावाला चिकित्सकहरूले कम्तीमा पन्ध्र वर्षको अनुभव हासिलगरेका दर्तावाला चिकित्सकमध्येबाट तोकिएबमोजिम निर्वाचन गरीपठाएको चिकित्सक एकजना – उपाध्यक्ष
(ग) अध्यक्ष, नेपाल चिकित्सक संघ – सदस्य
(घ) आधुनिक चिकित्साशास्त्र सम्बन्धी विषयमा अध्ययन हुने विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन वा शिक्षाध्यक्षमध्ये नेपाल सरकारबाट मनोनीत एकजना – सदस्य
(ङ) उपभोक्ताहरूमध्ये नेपाल सरकारबाट मनोनीत एकजना – सदस्य
(च) दर्तावाला चिकित्सकमध्ये तोकिएबमोजिम निर्वाचित चिकित्सक आठजना – सदस्य
(छ) अध्यक्ष, नेपाल दन्त चिकित्सक संघ – सदस्य
(ज) दन्त चिकित्सक बाहेक चिकित्सा सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त चिकित्सकमध्ये नेपाल सरकारबाट मनोनीत तीनजना – सदस्य
(झ) कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त दन्त चिकित्सकमध्ये नेपाल सरकारबाट मनोनीत दुईजना – सदस्य